सिलगढी: आज कार्तुसको-खोल सलिड वेस्ट म्यानेजमेन्टको फोहोर मैला उठाउने वाहनमा पाउँदा हो-हल्ला मच्चियो। उक्त घटना सिलगढी नगरनिगमको ३३ नम्बर वार्डमा घटेको हो। आज बिहान सफाई कर्मीहरूले ३३ नम्बर वार्डको विभिन्न इलाकाहरूमा सफाईको काम गरिरहेको समय एकजना सफाई कर्मीले एउटा मैला उठाउने वाहनमा प्लास्टिकको एउटा प्याकेट देखेपछि उक्त प्याकेट खोल्दा कार्तुसको खोल देखे।
उक्त सफाई कर्मीले जिउँदो कार्तुस सम्झेर वार्ड कार्यालयमा पुगेपछि वार्ड कार्यालयका कर्मचारीले पुलिसलाई सुम्पिदिएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार यो प्रयोग गरिएको कार्तुसको खोल हो। एनजेपी पुलिसले घटनाको जाँच शुरू गरेको छ।