नयाँ दिल्लीः लोकसभामा अविश्वास प्रस्तावमाथि गए बिहीवार सम्पन्न चर्चा अवधि प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणबीच विपक्षले गरेको वकआउटमाथि भारतीय जनता पार्टी (भाजपा)-ले लक्षित गरेको छ।
केन्द्रिय मन्त्री अनुराग ठाकुरले शुक्रवार भने, प्रधानमन्त्रीले कंग्रेसलाई ऐना देखाउँदा उनीहरू भागे। कंग्रेस पूर्वोत्तरमा आफ्नो कार्यकालको कालो इतिहास देखेर भाग्यो, मोदीको मणिपुरप्रतिको प्रेम र संकल्प देखेर उनीहरू भागे। यसबाट स्पष्ट थाहा पाउन सकिन्छ कि ‘घमण्डिया’ गठबन्धनले के गर्नसक्छ?
ठाकुरले भने, आफ्ना आरोपहरूको यथार्थलाई सुन्न नसकेर कंग्रेस भाग्यो। उनीहरूको अहंकार यस्तो छ कि उनीहरूले कंग्रेस नेता अधीर रञ्जन चौधरीलाई बोल्नै दिएनन्। हामीले उनलाई बोल्ने अनुमति दिँदा पनि उनीहरूले उनलाई बोल्न दिएनन्।
-हिस










