पुलिस पब्लिक फ्रेण्डससिप कप फूटबल टुर्नामेन्टको फाइनल खेल

Police-Public-Friendship

सुकेपोखरी: दार्जीलिङ पुलिसको तत्वावधानमा आयोजित सुकेपोखरी थाना स्तरीय पुलिस पब्लिक फ्रेण्डससिप कप फूटबल टुर्नामेन्टको फाइनल खेल नागरी फार्म खेल मैदानमा सम्पन्न भयो। धजे बस्ती तथा मानेभञ्ज्याङ माझ सम्पन्न खेलमा शून्यको विरूद्ध चार गोल गरेर मानेभञ्ज्याङ विजयी भयो। सुके थाना प्रमुख एसआई आनन्द सुब्बा, पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी, पुलिसकर्मी तथा सिभिक भोलेन्टियरको उपस्थितिमा सम्पन्न खेलका विजेता तथा उपविजेता दुवै दललाई आक्षक ट्रफी तथा मेडल प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement