कालेबुङ: गोरामुमो कालेबुङ २४ नम्बर समष्टिमा आगामी २२ अगस्त २०२३ को दिन गोर्खा एकर्ड डे भव्य रुपमा पालन गरिने भएको छ। कफेर सार्वजनिक भवनमा बसेको पार्टीको साङ्गठनिक सभामा २४ नम्बर समष्टि अन्तर्गत अठार वटा ग्राम पञ्चायतका कन्भेनर, सचिव, समष्टि अध्यक्ष दिनेश भुजेल अनि गोरायुमो कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङको प्रमुख उपस्तिथि रहेको थियो जसमा, गोर्खा एकर्ड डे भव्य रुपमा पालन गरिने प्रस्ताव पारित गरिएको छ। विगत २२ अगस्त १९८८ सालमा जुन गोर्खा एकर्ड भएको थियो, जुन गोर्खाहरुको निम्ति एउटा खुबै महत्वपूर्ण दिन थियो। यसै दिनदेखि हाम्रो गोर्खाहरुको किपट भनेर भारत सरकारले घोषणा गरेको दिन हो यसकारण गोर्खा एकर्ड डे मनाउनु जरुरी रहेको कुरा वक्ताहरूले सभामा बताए। उक्त सभापछि समष्टि अध्यक्ष दिनेश भुजेलले जानकारी गराउँदै भने, आगामी २२ अगस्त गोर्खा एकर्ड डे गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा दार्जिलिङ, खरसाङ, कालेबुङ र मिरिकमा पनि विविध कार्यक्रमको साथमा पालन गरिने भएको छ। गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको राजनैतिक दुरदर्शिताको कारण हामी भारत जस्तो देशमा गोर्खा भएर भारतको खाँटी नागरिक भएर बाँच्न सफल भएका छौं। गोरामुमो मात्र गोर्खा जातिको उन्मुक्तिको निम्ति लागी परेको छ भने अध्यक्ष मन घिसिङले पार्टीको निम्ति होइन तर जाति र माटोको निम्ति कार्य गरिरहेको तिनले बताए।











