कालचिनी: आज अपरान्ह समय पुरानो हाँसीमाराको एउटा दोकान अघिको बिजुली खाँबामा सर्ट सर्किट हुँदा उक्त सर्ट सर्किटले गर्दा संलग्न घर दोकानमा आगो लाग्न जाँदा पुरानो हाँसीमारा क्षेत्रमा सनसनी मच्चिएको थियो।
तर समयमा हाँसीमारा आउटपोस्टका पुलिसबल घटनास्थलमा पुगेर दमकल र बिजुली विभागलाई सूचना दिँदा हाँसीमारा अग्निशमन विभागको एउटा ईन्जिन पुगेर बिजुली लाईन काटेर आगो नियन्त्रणमा ल्याउन सफल भएको थियो। भयावह आगलागीबाट आज पुरानो हाँसीमारा बाँचेको क्षेत्रबासीले जनाएका छन्।