होटल व्यवसायीको घरमा चोरीको मामला

IMG-20220705-WA0189.jpg

कालचिनी: जयगाउँ सुपरमार्केट निवासी एकजना होटल व्यवसायीको घरमा चोरीको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार होटल व्यवसायी भागेश्वर प्रसाद आइतबार असमको गुवाहाटीमा एउटा वैवाहिक कार्यक्रममा परिवार लिएर गएको थियो। आज बिहान मात्र एकजना किरायदारले भागेश्वर प्रसादको घरको गेट खुल्ला देख्दा यसको जानकारी फोन मार्फत दिएको थियो। गुवाहाटीबाट आज जयगाउँ फर्केर आईपुगेका भागेश्वर प्रसादको परिवारले घरभित्र पस्दा घरको सबै सरसमानहरू अस्तव्यस्त देखेको थियो भने अलमारीबाट गरगहना सबै हराएको देखेपछि यसको जानकारी जयगाउँ थानालाई दिएको थियो।
भागेश्वर प्रसादले नगद र गरगहना सबै मिलाएर लगभग २० लाख रुपियाँको सम्पत्ति चोरी भएको बताएको छ भने यसको लिखित अभियोग जयगाउँ थानामा गरिएको बताएको छ। यता छिमेकीहरूले रातीसम्म सबै ठीकठाक रहेको तर बिहान हेर्दा घरको गेटको ताल्चा भत्किएको अवस्थामा देख्दा शङ्का लागेर भागेश्वर प्रसादलाई फोन मार्फत यसको जानकारी गराएको थियो। पुलिसले घटनाको छानबीन चलाइरहेको बताएको छ भने जयगाउँमा यसरी चोरीको घटनाले मानिसहरू आतङ्कित बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement