सिलगढी: नुहाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। रातभरको खोजीपछि शुक्रबार उनको शव फेला परेको हो। पुलिसले शवलाई पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। मृतक युवकको नाम सौरभ बर्मन हो। उनी धन्सोराजज्योत गाउँका बासिन्दा हुन्। बिहीबार युवक नजिकैको पोखरीमा नुहाउन गएको बताइएको छ। यसपछि उनी गहिरो पानीमा पसे । यो देखेर स्थानीयले पोखरीमा खोजी गर्न थाले। यसबारे पुलिसलाई पनि जानकारी गराइएको थियो। पुलिस र एनडीआरएफ टोली घटनास्थलमा पुगेर खोजी सुरु गरेको छ। रातिसम्म खोजी जारी राखे पनि फेला पर्न सकेको छैन। शुक्रबार बिहानदेखि पुनः खोजी सुरु भएको हो। अन्ततः पोखरीबाट युवकको शव फेला परेको थियो।










