११ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा टीम भलिबल (च्याँगा)-ले फाइनलमा स्थान बनायो। बिहीवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको पहिलो सेमिफाइनलमा टीम भलिबलले बीवाईसी च्याँगालाई पेनल्टी शूटआउटमा २-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा टीम भलिबलबाट आदित्यले अनि बीवाईसी-बाट अनमोल तामाङले गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १५ अगस्तमा हुनेछ।










