बङलोर सेमिफाइनलमा प्रवेश

IMG-20230811-WA0001.jpg

गान्तोक: सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागका सचिव राजु बस्नेतले आज यहाँ पाल्जोर स्टेडियममा छोग्याल टाशी नामग्याल मेमोरियल स्वतन्त्रता दिवस कपको क्वार्टर फाइनलमा मुख्य अतिथिको रूपमा भाग लिए। प्रतियोगिता सिक्किम फुटबल संघले गृह विभाग र खेलकुद तथा युवा मामिला विभागको सहकार्यमा आयोजना गरेको हो। कार्यक्रममा एसएफएका वरिष्ठ उपाध्यक्ष श्याम प्रधान, महासचिव फुर्वा शेर्पा, कोषाध्यक्ष सुसन तामाङ, पदाधिकारी, फुटबल दर्शक तथा जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। हाउलर्स एफसी-सिङताम र कोडागु एफसी-कर्नाटकबीचको खेल सामान्य समयमा १-१ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा गोल नहुँदा पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा कोडागु एफसीले तीनै गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। अब मिजोरमको खव्जावल एफसीसँग भिडन्त हुनेछ। कोडागु एफसीका गोलकिपर निशान्त एन म्यान अफ द म्याच घोषित भए। टूर्नामेंटको अन्तिम सेमिफाइनलमा स्थान निर्धारण गर्न कञ्चनजङ्घा एफसी सिलगडीको भोलि प्रोबो सिक्किम प्रिमियर डिभिजन लिग २०२३ च्याम्पियन सिक्किम पुलिस इलेभेनसँग प्रतिस्पर्धा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement