गान्तोक: अगामी अक्टोबर महिनामा स्रष्टा संगमले दुई दिने चौथो नेपाली साहित्यिक कार्यक्रम गर्नेबारे स्रष्टा संगम सिक्किम शाखाको अत्यन्त जरुरी सभा सम्पन्न भयो।
रवि रोदनको अध्यक्षतामा बसेको यो सभालाई एल्डर योएल माकपालीको प्रार्थना र एल्डर पत्रुस गुरुङको स्वागत सम्बोधन गरेको थुयो। सङ्गमको दुई दिने नेपाली साहित्यिक भेटघाट कार्यक्रम १३ र १४ अक्टोबर शुक्रबार र शनिबार गान्तोकमा गरिने निश्चित गरियो। संगमका अध्यक्ष रवि रोदनले, वर्षैपछि विभिन्न ठाउँहरुमा स्रष्टा संगमले यस्तो कार्यक्रम गर्दै आए तापनि कोभिडकालदेखि यता तीन वर्ष थाँतीमा रहेको यस कार्यक्रमलाई यसपाली गान्तोकमा सुन्दर ढङ्गले गर्ने बताए। विशेषगरि ख्रीष्टेली साहित्य र यसमा लागि सक्रिय रुपमा लागिपरेका सर्जकहरुले नेपाली साहित्यमा अहिलेसम्म के कस्ता योगदान पुऱ्याएका छन् साथै सम्पादनमा लागेर निरन्तर पत्रपत्रिका निकाली रहने र पत्रकारितामा योगदान पुऱ्याउने पाद्री गंगाप्रसादको पत्रकारिताको चर्चा गरिने कुरा बताए। साहित्यका विभिन्न विषयहरुमाथि प्यानल छलफल गरिने पनि उनले बताए। काव्य र आख्यान लेखनलाई लिएर एकदिने कार्यशालाको आयोजना गरिने र अन्य धेरै रोचक साहित्यिक विषयहरुमाथि कार्यक्रम गर्ने बताए। यस कार्यक्रमको लागि दक्षिण सिक्किमबाट सुरेस सुब्बा र पश्चिम सिक्किमबाट बिरेन्जा राईलाई संयोजकको रुपमा मनोनित गरियो।
कार्यक्रम गान्तोकमा हुने भएको कारणले गान्तोक वरिपरिबाट नै स्ययमसेवक प्रबन्ध गरिने तय गरियो। यसको निम्ति एल्डर पत्रुस गुरुङ, एल्डर योएल माकपाली, एल्डर कमल चामलिङ, दिपेन छेत्री र अम्बिका मिश्रलाई चयन गरियो।
स्रष्टा संगमले प्रत्येक कार्यक्रममा भाषा साहित्यमा योगदान दिने व्यक्तित्वलाई अभिनन्दन गर्ने गरेको छन् र यसपाली पनि यो कार्यक्रम गरिने र यसको भार स्रष्टा संगमको संस्थापक सदस्यगणलाई जिम्मा दिइयो। पाष्टर लुकास शर्माको अन्तिम प्रार्थनाद्वारा सभालाई सम्पन्न गरियो। यस कार्यक्रममा स्रष्टा सङ्गम सिक्किमबाट पाष्टर लुकास शर्मा, पाष्टर महेन्द्र ओबेद सेवा, एल्डर पत्रुस गुरुङ, एल्डर योएल माकपाली, बसुन्धारा राई, अम्बिका मिश्र, शिला लेप्चा, बिरेन्जा राई, सुरेस सुब्बा `बियोगी’, कमल चामलिङ, ध्रुबराज सुब्बा, रवि रोदन, दिपेन छेत्री, इम्मानुएल गिफ्ट र शाइनमित लेप्चा उपस्थित थिए। सभालाई स्रष्टा संगमका संस्थापक इम्मानुएल राईले सञ्चालन गरेका थिए।










