खरसाङ: गत केही दिन अघि मणिपुर राज्यमा अविरल पानी परेको कारण पैह्रोको चपेटामा परेर देशको सुरक्षामा खटिएका १०७ बटालियन टीएका सौनिकहरुले ज्यान गुमाउनु परेको थियो। उनीहरुको चिर आत्माले बैकुण्ठमा बास गरोस् ,ती सम्पूर्ण सहीद परिवारलाई यस दुखको समयमा भगवानले सहन गर्ने शक्ति प्रदान गरुन् भनी बालासन बीच गाउँ युनाइटेड हिमालयन अर्गनाइजेशनको आयोजनामा सोमवार एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा भारतीय सेनाका जवान कल्याण थापा, समाज सेवक पुरण तामाङ, गाउँका जेष्ठ नागरिकहरु उपस्थित रहेका थिए।