गेजिङ: जिल्ला बाल सुरक्षा एकाई, गेजिङले बुधवार रेशी सरकारी माध्यमिक विद्यालयमा आउटरिच परामर्श एवं जागरूकता कार्यक्रम आयोजन गऱ्यो। विद्यालयकी प्रधानाध्यापक उपाष्ना गुरूङको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक, गैर शिक्षण कर्मचारी र विद्यार्थीहरू सहभागी थिए।
कार्यक्रमलाई सम्बोधित गर्दै समाज सेवक एवं डीसीपीयू नीशा सुब्बाले बाल सुरक्षा सेवा अन्तर्गत विभिन्न बाल सम्बन्धित सेवाहरूको बारेमा जानकारी दिइन्।
यसैगरी, बाल कल्याण समिति सदस्य, गेजिङ योगेश निरौलाले जुभिनायल जस्टिस (केयर एण्ड प्रोटेक्सन) एमेन्डमेन्ट एक्ट, २०२१ माथि प्रकाश पारे। यसैगरी, समाज सेवक/डीसीपीयू रिबेना छेत्रीले प्रोक्सो संशोधन अधिनियम २०१९, बाल विवाह निषेध अधिनियम २००६ तथा नशालु पदार्थमाथि जागरूक गराइन्। यस अवसरमा स्टुडेन्ट्स अगेन्स्ट एब्युज एण्ड ट्राफीकिङ क्लब गठन गरियो।










