नाम्ची: नाम्ची बजारमा खाद्य व्यापारसॅंग सम्बन्धित दस्तावेजहरूको समीक्षा अनि जॉंच गर्न आज संयुक्त टीमले सर्वेक्षण गऱ्यो। उक्त सर्वे नाम्चीका एमईओ देशपन्त लामा, डीसीएसओ तन्जिङ भोटिया, एफएसओ डा. गोपाल छेत्री, पुलिसकर्मीहरू, नाम्ची नगर परिषद र खाद्य विभागका कर्मचारीहरूको टोलीले गरेको थियो।सर्वेक्षण गर्नुको उद्देश्य स्वच्छताका सुरक्षा मापदण्डहरू जॉंच गर्नु र रेस्टुरेन्टहरूमा प्रयोग गरिने भोजनको गुणवत्ता नियमन गर्नु रहेको बताइएको छ। यसावधि, टीमले ट्रेड एवं खाद्य लाइसेन्स, भन्साघरमा व्यावसायिक सिलिन्डरको प्रयोग आदि जॉंच गरेको थियो। खाद्य सुरक्षा एवं मानक अधिनियम, 2006 अन्तर्गत नियम र दिशानिर्देश पालन गर्ने प्रतिष्ठानहरू विरूद्ध नोटिस पनि जारी गरेको छ।










