गान्तोक: मध्य प्रदेशका एक युवक मेहुल लखानी साइकलमा यात्रा गर्दै सिक्किम आइपुगेका छन्। उनी स्वास्थ्य, प्रकृति, संस्कृति र इतिहासको समर्थनमा भारतको यात्रामा निक्लेका हुन्। उनले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा भेट गरे।
राज्यपालले मेहुल लखानीको साइकलमा देश यात्रा गर्ने प्रतिबद्धता र समर्पणको सराहना गरे। राज्यपालले मेहुललाई उनका रहल यात्राको निम्ति शुभकामना दिए।









