गान्तोक: कर्नाटकको कोडागु एफसी छोग्याल सर टाशी नामग्याल मेमोरियल कपको सेमिफाइनलमा प्रवेश गरेको छ। राजधानीको पाल्जोर स्टेडियममा जारी उक्त प्रतियोगिता अन्तर्गत आज सम्पन्न क्वार्टर फाइनल खेलमा कोडागु एफसीले प्रतिद्वन्दी हाउलर्स एफसी, सिङतामलाई पेनल्टी शूटआउटमा पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो।
कोडागु एफसी र हाउलर्स एफसीबिच आज खेलिएको क्वार्टर फाइनल खेल १-१ को बराबरीमा समाप्त भयो। यसपछि पेनल्टी शूटआउटमा कोडागु एफसीले हाउलर्स एफसीलाई पराजित गऱ्यो। सेमिफाइनलमा कोडागु एफसीको मिजोरमको टीम ख्वाजल एफसीसॅंग भिडन्त हुनेछ।
उक्त प्रतियोगिताको आयोजना सिक्किम फुटबल एसोसिएशनले राज्य खेल विभागको संयुक्त तत्वावधानमा गरिरहेको छ। भोलि सिलगढीको कन्चनजङ्घा एफसी र सिक्किम पुलिस एकादशबिच क्वार्टन फाइनल सम्पन्न हुनेछ। आज खेल विभागका सचिव राजु बस्नेत मुख्य अतिथि थिए।










