चिरांग: मेरी माटी, मेरा देश अभियान अन्तर्गत चिरांग जिल्लाको ढालीगाउॅंस्थित केन्द्रिय रिजर्भ पुलिसको १५६औं बटालियनले आज आईटीआई परिसर अभयापुरीमा वृक्षारोपणको आयोजन गऱ्यो।
यसावधि बलका सबै जवान एवं अफिसरहरू तथा उनीहरूका परिवारहरूले अभियानमा भाग लिए।
यस अवसरमा द्वितीय कमान अधिकारी कैलाश नाथले विरुवाको महत्वको बारेमा जानकारी गराउॅंदै भने, हाम्रो दिनचर्यामा यी विरुवाहरूको महत्व छ। यी विरुवाहरूबाट हामीले स्वच्छ हावा र फल पाउॅंछौ। यस कार्यक्रमलाई सफल बनाउन स्थानीय गाउॅंका मानिसहरूले पनि सक्रिय रूपमा भाग लिएका थिए।










