गान्तोक। दोदक ग्राम प्रशासनिक केन्द्रको आयोजनामा आज आजादीको अमृत महोत्सवलाई समावेश गर्दै पूर्वोत्तर उत्सव पालन गरियो। कार्यक्रममा भारतको स्वतन्त्रता आन्दोलनमाथि निबन्ध, चित्रकला र साँस्कृतिक प्रतियोगिता दोदक स्कूलका विद्यार्थीहरुबीच राखिएको थियो।

कार्यक्रममा दोदक-बढियाखोप प्रान्तीय क्षेत्रका जिल्ला पञ्चायत सदस्य जीवन गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।उनको साथमा दरमदिन खण्ड प्रशासनिक केन्द्रका बीडीओ ओङ्दी शेर्पा, पञ्चायत सभापति टीएम गुरुङसहित अन्य पञ्चायतगण, बागवानी विकास अधिकारी बीबी राई, पञ्चायत उप-निरीक्षक नित्य छेत्री, शिक्षक-शिक्षिका र विद्यार्थीहरको उपस्थिति थियो।

आज आयोजित चित्रकला प्रतियोगितामा जिग्मी गुरुङ प्रथम, अविक गुरुङ दोस्रो र अप्साना खातुन तेस्रो बने। यसरी नै निबन्ध प्रतियोगितामा प्रथम प्रगति पौडेल, दोस्रो प्रिय गुरुङ र तेस्रो उज्ज्वल गुरुङ बने। यी प्रतियोगितामा बिजेताहरुलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बहुलीबाट पुरस्कार वितरण गरियो।