सोनादा: रंगबुल ग्राम पञ्चायतको स्वतन्त्र पञ्चायत सदस्य भुपेन्द्र शाहाले पाँच वर्षसम्म आफु कुनै पार्टीमा नगएर स्वतन्त्र रूपमा कार्य गर्ने भएको छ। आज रंगबुल ग्राम पञ्चायतमा बोर्ड गठन र शपथ ग्रहण समारोह सम्पन्न भएको छ।उक्त ग्राम पञ्चायतमा रहेको ९ वटा सिटमा ७ वटा सिट जितेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गरेको छ भने यसै ग्राम पञ्चायतको वार्ड नम्बर ३ रांगेरुङ चियाबारीबाट स्वतन्त्र प्रार्थीको रूपमा खड़ा भएर जितेर पञ्चायत सदस्य बनेका भुपेन्द्र शाहाले पनि शपथ ग्रहण गरेका छन्। उक्त शपथ ग्रहण समारोहपछि पत्रकारहरूसित कुराकानी गर्दै स्वतन्त्र पञ्चायत सदस्य भुपेन्द्र शाहाले भने, म कुनै पार्टीबाट होइन अनि म स्वतन्त्र प्रार्थीको रूपमा जितेर आएकोले सबैसित मिलेर गाउँको विकासको लागि कार्य गर्नेछु।’ उनले अघि भने, रंगबुल ग्राम पञ्चायतको सबै ९ जना मिलेर काम गर्नेछौं। म स्वतन्त्र सदस्य भएकोले मलाई पनि सहयोग गर्नेछ भन्ने आशा छ। म पनि सबैसित मिलेर काम गरी गाउँ घरको विकासको लागि प्रयास गर्नेछु।’ उनले अझ भने ,म आगामी पाँच वर्षसम्म कुनै पनि पार्टीमा नगएर स्वतन्त्र रूपमा नै बसेर नै कार्य गर्नेछु।’










