१० अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा बिहीवार भएको पहिलो सेमिफाइनल म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले मजुआ फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल स्माईल तामाङले ३४औं मिनटमा पेनल्टीबाट गरे। म्याच हारे पनि मजुआ फूटबल क्लबका सञ्जु कुजुरलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। अब शनिवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा कञ्चनजंघा एफसी र युनाइटेड चमकडांगीबीच भिड़न्त हुनेछ।

यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











