हर्ली कपः १०७ टेरिटोरियल आर्मी सेमिफाइनलमा

IMG-20230810-WA0247.jpg

१० अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करणमा १०७ टेरिटोरियल आर्मी (टीए)-ले सेमिफाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बिहीवार खेलिएको दिनको पहिलो म्याचमा १०७ टेरिटोरियल आर्मीले दिलाराम फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ तामाङ र कप्तान वांगदेन तामाङले गोल गरे।

यस म्याचमा सुब्रतो धर मुख्य रेफरी रहेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रणय साहा र अशोक कुमार रोय रहेका थिए। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement