योजना सुब्बा पञ्चायत प्रधान अनि फुर्बा डिकी शेर्पा उप प्रधान चयन
सोनादा: सुखेपोखरी खण्ड अन्तर्गत रंगबुल ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन भएको छ। आज उक्त ग्राम पञ्चायतमा बोर्ड गठन र शपथ ग्रहण समारोह सम्पन्न भएको छ। आज सम्पन्न बोर्ड गठन र शपथ ग्रहण समारोहमा रंगबुल ग्राम पञ्चायतको प्रधानको रूपमा योजना सुब्बाले प्रधानक रूपमा शपथ लिएका छन् भने फुर्बा डिक्की शेर्पाले उप प्रधानको रूपमा शपथ ग्रहण गरेका छन्। रंगबुल ग्राम पञ्चायतमा जम्मा 9 वटा पञ्चायत सदस्यको सिटहरू रहेको थियो जसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ७ वटा सिटहरूमा बिजय हाँसिल गरेर सजिलै बोर्ड गठन गरिसकेको थियो भने आज बोर्ड गठन र शपथ ग्रहण समारोह सम्पन्न भएको छ। उक्त बोर्ड गठन र शपथ ग्रहण समारोहमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय नेतृत्व तथा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए। रंगबुल ग्राम पञ्चायतमा बोर्ड गठन र शपथ ग्रहण समारोह विषयमा नव निर्वाचित पञ्चायत प्रधान योजना सुब्बाले पत्रकारहरूसित कुराकानी गर्दै यो मौकाको लागि पार्टीप्रति आभार प्रकट गर्दै उनले आफ्नोमा जिम्मेवारी थपिएको र ग्राम पञ्चायत स्तरीय कार्यहरू गर्दै जाने बताइन्। त्यसरी नै उप प्रधान फुर्बा डिकी शेर्पाले यो अवसरको लागि भागोप्रमो समष्टी कमिटीलाई धन्यवाद दिएकी छन्। उनले जनताको सेवाको लागि पञ्चायत प्रधानसित मिलेर कार्य गर्ने बताएका छन्। रंगबुल ग्राम पञ्चायतमा सम्पन्न बोर्ड गठन र शपथ ग्रहण समारोहमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले रंगबुल ग्राम पञ्चायतमा रहेको ९ वटा सिटहरूमा ७ वटा सिटहरूमा भागोप्रमोले जीत हाँसिल गरेर बोर्ड गठन गरेको बताए। उनले आज शपथ लिएका भागोप्रमोका सबै पञ्चायत सदस्यहरू र पञ्चायत प्रधान र उप प्रधानलाई शुभकामना व्यक्त गरेका छन्।











