ब्राउन शुगर सहित एउटा युवक पक्राउ

aaa.jpg

अलिपुरद्वार: फालाकाटा थाना पुलिसले गत राति शहरको एउटा लजमा अभियान चलाएर ५० ग्राम ब्राउन शुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक कालियाचक निवासी २१ वर्षीय इमरान अलीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार फालाकाटा थाना पुलिसले गोप्य सूचनाको आधारमा सहरको एउटा लजमा अभियान चलाएर सन्देहको आधारमा एकजना युवकलाई छानबीन गर्दा पुलिसले युवकबाट ५० ग्राम ब्राउन शुगर उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement