खरसाङ कलेजमा ‘क्रान्तितीर्थ’ नाम लिएर एक दिवसीय अन्तर्राष्ट्रीय सेमिनारको आयोजना

IMG-20230810-WA0269.jpg

खरसाङ: खरसाङ कलेजमा आजादीको अमृत महोत्सव अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रीय सेमिनारको आयोजना गरिएको छ। भारत सरकारको संस्कृति मन्त्रालय र इन्स्टिट्युट अफ् सोसियल एण्ड कल्चरल स्टडीसद्वारा खरसाङ कलेजको तत्वावधानमा आयोजना गरिएको छ। आजादीको अमृत महोत्सव अन्तर्गत ‘क्रान्तितीर्थ’ नाम दिएर स्वतन्त्र आन्दोलनमा उत्तर बंगालको भूमिका र अनसङ हिरो भनेर उक्त एक दिवसीय अन्तरर्ष्ट्रीय सेमिनारको आयोजना गरिएको थियो।

उक्त कार्यक्रमलाई खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बलले अध्यक्षता गरेका थिए। यस सेमिनारमा राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरमा रहेका विभिन्न महाविद्यालय र विश्वविद्यालयका प्राध्यापकहरूले आफ्नो वार्ताहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको शुरुमा अतिथिहरूका बाहुलीबाट धुप द्वीप प्रज्वलन साथै सरस्वती बन्दनाबाट कार्यक्रम शुरु गरिएको थियो। उक्त सेमिनारमा स्वागत एंव उदघाटन वक्तव्य प्राचार्य डा समीर बलले राखेका थिए। त्यसरी नै इन्स्टिट्युट अफ् सोसियल एण्ड कल्चरल स्टडीसको प्रतिनिधिद्वारा वक्तव्य राखिएको थियो। यस सेमिनारको मुख्य उद्देश्य र सेमिनारको विशेषता विषयमा रायगञ्ज विश्वविद्यालयको डा. देवाशिष विष्वासले वक्तव्य राखेका थिए। यसै क्रममा सेमिनारमा वक्तव्यको क्रममा जामिया हामदर्द विश्वविद्यालय दिल्लीबाट आएका डा. आर्यन गुहा, डा. एपीजे अब्दुल कलाम सरकारी कलेज कोलकोताका डा. ड्रोना बन्दोपान्द्यय आदिले अमृत महोत्सव अन्तर्गत स्वतन्त्र संग्राम विषयमा वक्तव्य राखेका थिए।

त्यसरी नै अलिया विश्वविद्यालय कोलकोताका डा. मानस दत्तले स्वतन्त्रता संग्राम र गोर्खाहरू विषयमा वक्तव्य राखेका थिए। त्यसरी नै रायगञ्ज कलेज जलपाईगढीका डा. सुदिप खासनोबिसले पनि उत्तर बंगालको स्वतन्त्रता सेनानी र गोर्खाहरू साथै सिलगढीको सूर्यसेन कलेजका डा. भावना राईले स्वतन्त्रता संग्राममा दार्जिलिङ हिल्सको गोर्खाहरूका योगदान विषयमा वक्तव्य राखेका थिए। यसै एक दिवसीय अन्तर्राष्ट्रीय सेमिनारमा स्वतन्त्रता संग्रामना योगदान दिने पहाड़का केही स्वतन्त्रता सेनानीहरूका परिवारहरूलाई सम्बर्ध्दना पनि जनाइएको छ। यस क्रममा चारजना स्वतन्त्रता संग्रामीहरू क्रमैले मायादेवी छेत्री, दिलबहादुर छेत्री, हेलेन लेप्चा, डीबी छेत्री, पुतलीमाया देवी तामाङ पोध्दार, सरयुप्रसाद पोध्दार आदिका परिवारहरुका सदस्यहरूलाई सम्बर्ध्दना जनाइएको थियो। यस सेमिनारलाई प्राध्यापक कर्म लहमुले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन यस सेमिनारको संयोजक डा. जयदीप भट्टचार्यले राखेका थिए। कार्यक्रममा विद्यार्थहरूले नृत्य प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरूले आर्ट प्रतियोगितामा पनि भाग लिएका थिए। यस एक दिवसीय अन्तर्राष्ट्रीय सेमिनार विषयमा पत्रकाकहरूसित कुराकानी गर्दै खरसाङ कलेजका प्राचार्य डा. समीर बलले विस्तृत रूपमा जानकाकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement