लाखौंको सुनका गरगहना चोरी गर्ने कामदार पक्राउ

00e5a4ce-8b30-4550-ab46-d0dc9f4d43f7

सिलगढी: कालचिनी निवासी बेला बारा (२३) भक्तिनगर थाना क्षेत्र अन्तर्गत बंकिमनगरका भीम विश्वकर्माको घरमा कामदारको रूपमा काम गर्थिन्। उनले हालै भीम विश्वकर्माको घरबाट लाखौं रुपियाँका सुनका गहना चोरेर भागेको आरोप छ । भीम विश्वकर्माले बुधबार राति भक्तिनगर पुलिस चौकीमा लिखित उजुरी दिएका थिए।
उजुरीका आधारमा घटनाको अनुसन्धानपछि मटेली थानाको सहयोगमा बेला बारालाई उनका एक आफन्तको घरबाट पक्राउ गरिएको थियो। पुलिसले आरोपीको साथबाट चोरीका सुनका गहना समेत बरामद गरेको छ। उनलाई आज जलपाइगढी अदालतमा लगियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement