नयाँ दिल्ली: केन्द्रीयवित्तमन्त्री निर्मला सीतारमणले आज लोकसभामा केन्द्र सरकारका आर्थिक उपलब्धिहरूको उल्लेख गर्दै भनिन्, ‘पछिल्लो सरकारहरूले ‘हुनेछ र गर्छौं’ भन्थे भने वर्तमान सरकारमा ‘भयो र गरिएको छ’ को कुरा भइरहेको छl’ उनले भनिन्, ‘कांग्रेस नेतृत्वाधिन यूपीए सरकारको कार्यकालमा योजनाहरूको घोषणा मात्र हुन्थ्यो, तर वर्तमान सरकारमा यसलाई धरातलीय स्तरमा क्रियान्वयन गरिएको छl’
वित्तमन्त्रीले आज लोकसभामा अविश्वास प्रस्तावमाथि भएको चर्चा अवधि आफ्नो कुरा राखिरहेकी थिइन्। उनले भनिन्, ‘तपाई (कांग्रेस)ले सपना देखाउनुहुन्छ, हामी त्यसलाई पूरा गर्छौं। हाम्रो मन्त्र हो- सबैको विकास, तुष्टीकरण कसैको होइन। पछिल्लो नौ वर्षको अन्तरालमा देशमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखिँदैछ। वर्तमान सरकारमा विकास कार्यहरूमा हुने खर्च ३.९३ लाख करोड़ रुपियाँदेखि बढ़ेर १०.९ लाख करोड़ रुपियाँ भएको छ। कृषिको बजेट २१,९३३ करोड़ रुपियाँदेखि बढ़ेर १ लाख २४ करोड़ रुपियाँ भएको छ। यो पाँच गुणा बढ़ेको छ। रक्षा निर्यात १६ हजार करोड़ रुपियाँ भएको छ। किसानहरूलाई दिने ऋणलाई बढ़ाएर २१.६७ लाख करोड़ रुपियाँ गरिएको छl’
उनले भनिन्, ‘एक दशकपूर्व क्रोनी क्यापिटलिज्म औ भ्रष्टाचारको कारणले देशको अर्थव्यवस्थाको विकास दर कम रह्यो जबकि हाम्रो कार्यकालमा विकास दर अधिक र महँगी कम भएको छ। तकनिकको क्षेत्रमा आज भारत अग्रणी भूमिकामा छ। आज दुनियाँका धेरैवटा देशहरूले भारतको यूपीआईलाई प्रयोग गरिरहेका छन्। ब्याङ्कहरूमा फैलाइएको यूपीए सरकारको रायतालाई अहिले हामीले सफा गरिरहेका छौं। जन औषधि केन्द्रहरूको शुरूआत यूपीए सरकारले गरेको भए पनि त्यसको लाभ मोदी सरकारको कार्यकालमै मानिसहरूसम्म पुग्नसक्योl’
वित्तमन्त्रीले यस अवधि द्रमुक सदस्यहरूद्वारा उठाइएका प्रश्न अनि टिप्पणीहरूको जवाफ पनि दिइन्। बीच-बीचमा उनले तमिल भाषामा आफ्नो कुरा राखिन्। उनले भनिन्, ‘एम्स मदुरैलाई भारत सरकारले फण्डिङ्ग गरिरहेको छ। यस अवस्थामा हामीले उधारो लिएर फण्ड गरौं वा नगरौं त्यो भारत सरकारको विषय हो। विश्वभरि नै यूरियाको मूल्य वृद्धि भयो, हामीले त्यसको बोझ किसानहरूमाथि पर्न दिएनौंl’ तमिल गौरवको उल्लेख गर्दै उनले भनिन्, ‘सेङ्गोललाई एउटा लौरोको रूपमा वर्षौसम्म त्यसै राखियो, त्यसलाई इतिहासले बिर्सियो, त्यसबेला तमिल गौरवको कुरा द्रमुकले उठाएन। उनीहरूकै सरकारले जल्लीकट्टुमाथि लगाइएको प्रतिबन्धलाई हटाउनमा सहयोग गऱ्यो जबकि पछिल्लो सरकारले यसलाई बर्बरताको संज्ञा दिएको थियो। द्रमुक सदस्यहरूले द्रौपदीको विषय उठाए, तर तमिलनाडु विधानसभामा पूर्व मुख्यमन्त्रीसित भएको दुर्व्यवहारलाई उनीहरूले बिर्सिएl’











