एशियन च्याम्पियन्स ट्रफीः पाकिस्तान विरुद्ध भारतको जीत

IMG-20230810-WA0138.jpg

१० अगस्तः कप्तान हरमनप्रीत सिंहको २ गोलको सहायताले भारतले एशियन च्याम्पियन्स ट्रफी हकी टुर्नामेण्टको राउण्ड रोबिन लीगको अन्तिम म्याचमा चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ४-०-ले पराजित गऱ्यो। यस जीतको साथै भारतले ग्रुपको शीर्षमा रहेर सेमिफाइनलमा स्थान बनायो। यसरी भारत विरुद्ध हारको साथै पाकिस्तान चाहिँ सेमिफाइनलको होड़बाट बाहिर भयो। चेन्नईमा जारी टुर्नामेण्टको यस म्याचमा भारतले प्रत्येक क्वार्टरमा १-१ गोल गऱ्यो। कप्तान हरमनप्रीतले १५औं र २३औं मिनटमा पेनल्टी कर्नरमा २ गोल गरे। यसबाहेक जुगराज सिंहले ३६औं मिनटमा पेनल्टी कर्नरबाट अनि आकाशदीप सिंहले ५५औं मिनटमा मैदानी गोल गरे। यसरी भारत पाँचवटा म्याचमा चारवटा जीत र एउटा ड्र-को साथ १३ पोइण्ट्स लिएर शीर्ष स्थानमा रह्यो। भारतले अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा जापानको चुनौती स्वीकार्नेछ। यसरी पहिलो सेमिफाइनल मलेशिया र दक्षिण कोरियाबीच खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement