सेमिफाइनलमा पुग्न सफल सत्य ज्योति संघ

IMG-20230810-WA0145.jpg

१० अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सत्य ज्योति संघ (बुड़ीखोला)-ले सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा बुधवार भएको चौथो क्वार्टर फाइनल म्याचमा सत्य ज्योति संघले जलपाइगढ़ी पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राकिब हुसेनले गरे। म्याचमा अशोक रोय रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा अलोप राई र राजेश थापा थिए। उमेश थापा फोर्थ अफिसियल थिए।

टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ११ र १३ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिने आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement