नयाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कंग्रेस नेताहरू क्रमैले मल्लिकार्जुन खड़गे, राहुल गान्धी औ पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई पत्र लेखी दिल्ली सेवा विधेयकलाई खारेज गर्ने र यसको विरोधमा भोट गर्नमा समर्थन दिएकोमा धन्यवाद दिएका छन्।
कंग्रेस नेताहरूलाई लेखिएको पत्रमा केजरीवालले भनेका छन्, उनी जीएनसीटीडी (संशोधन) विधेयक-२०२३ लाई अस्वीकार गर्न तथा यसको विरोधमा मतदान गर्नको लागि पार्टीलाई समर्थन गरेकोमा दिल्लीका दुई करोड़ मानिसहरूप्रति आभार व्यक्त गर्दछन्। कंग्रेसको सराहना गर्दै उनले भनेका छन्, विधेयकमाथि कंग्रेसको विरोधलाई “दशकौंसम्म याद राखिनेछ।” र संविधानलाई कमजोर बनाउने शक्ति विरोधी लड़ाईँमा निरन्तर समर्थनको आशा गर्दछौं। “म संसदभित्र अनि बाहिर पनि दिल्लाका मानिसहरूको अधिकारहरूको वकालत गरेकोमा हार्दिक सराहना गर्न चाहन्छु। मलाई आशा छ हाम्रो संविधानको सिद्धान्तमाथि तपाईहरूको अटुट निष्ठा दशकौंसम्म याद राखिनेछ।”
कंग्रेस अनि यसका सहयोगीहरूले विरोध गरे पनि गत सोमवार राज्यसभाले यो विधेयकलाई पारित गरिदियो। गत ३ अगस्तमा लोकसभामा पारित भएको यो विधेयकले दिल्लीमा केन्द्र सरकारद्वारा नौकरशाहहरूको नियुक्तको नियन्त्रण उपराज्यपाललाई प्रदान गर्दछ। राष्ट्रपतिले यो विधेयकमाथि एकपटक हस्ताक्षर गरेपछि यसलाई अधिसूचित गरिनेछ। त्यसपछि यसले गत ११ मईको सुप्रीम कोर्टको फसेलालाई प्रभावकारी ढंगले पल्टाउनको लागि मईमा जारी अध्यादेशको स्थान लिनेछ जसले पुलिस, सार्वजनिक व्यवस्था औ भूमिलाई छोड़ी नौकरशाहीको नियन्त्रण दिल्ली सरकारलाई सुम्पिएको थियो।
अस्वस्थ हुँदाहुँदै राज्यसभामा उपस्थित भएकोमा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको सराहना गर्दै केजरीवालले लेखेका छन्, राज्यसभामा तपाईको उपस्थितिले ती सबै शक्तिहरूलाई सशक्त र स्पष्ट संकेत दियो जसले भारतीय लोकतन्त्रलाई कमजोर बनाउनको लागि काम गरिरहेको छ। संविधानका सिद्धान्तहरूप्रति तपाईको दृढ़ प्रतिबद्धतालाई दशकौंसम्म सम्झिइनेछ र आगामी पिँढ़ीका सांसदहरूलाई गहिराईबाट प्रेरित गर्नेछ।