पाकिममा ७७औं स्वतन्त्रता दिवस नकआउट फुटबल प्रतियोगिता जारी

n5266222461691608004052ee6a586bd98af79323a61f591e19932b104326504f58182eb1bae56507a0e9c3.jpg

पाकिम: विधायक आदित्य गोले आज पाकिममा जारी ७७औं स्वतन्त्रता दिवस नकआउट फुटबल प्रतियोगिताको १०औं दिन मुख्य अतिथिका रूपमा सहभागी बने। यस प्रतियोगिताको आयोजना पाकिम स्पोर्टिङद्वारा स्थानीय सन्त जेभियर्स स्कूलको खेलमैदानमा गरिॅंदैछ।

आज कुल दुईवटा म्याच खेलाइयो। पहिलो खेलमा मुनाल एफसीले गान्तोकलाई १-० गोलले पराजित गऱ्यो। दोस्रो खेलमा सोरेङ गर्ल्स फुटबल एकाडेमीले सन्त जेभियर्स स्कूल, पाकिमलाई ९-१ गोलले पराजित गऱ्यो।

यस अवसरमा जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया, जिल्लापाल टाशी छोपेल, पुलिस अधीक्षक तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement