आईसीसी वर्ल्ड कपको नयाँ शेड्यूल घोषित, भारतको दुईवटा म्याचको तारिखमा फेरबदल

International_Cricket_Council_logo.svg.png

९ अगस्तः आईसीसी र बीसीसीआई-ले वर्ल्ड कप २०२३-को ९ वटा म्याचको शेड्यूलमा बद्लाउको आधिकारिक घोषणा गऱ्यो। यसमा भारत र पाकिस्तानबीच खेलिने म्याच पनि सामेल छ। अब भारत र पाकिस्तानबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिने म्याच १५ अक्टोबरको बद्ली १४ अक्टोबरमा खेलिनेछ। यसैकारण दिल्लीमा अफगानिस्तान विरुद्ध ईंग्ल्याण्डको म्याच १४ अक्टोबर नभएर अब १५ अक्टोबरमा हुनेछ। हैदराबादमा श्रीलंका र पाकिस्तानबीच म्याच १२ अक्टोबरको बद्ली १० अक्टोबरमा खेलिनेछ। दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच लखनऊमा खेलिने म्याच पनि अब १२ अक्टोबरमा हुनेछ। पहिला यो म्याच १३ अक्टोबरमा खेलिने तय थियो।
वर्ल्ड कप २०२३-को अन्तमा तीनवटा म्याचको शेड्यूलमा फेरबदल गरिएको छ। १२ नोभेम्बरमा ईंग्ल्याण्डको सामना पाकिस्तानसँग अनि अष्ट्रेलियाको बंग्लादेशसँग हुनु थियो। अब यी दुवै म्याच ११ नोभेम्बरमा खेलिनेछ। यसको साथै ११ नोभेम्बरमा हुने भारत र नीदरल्याण्ड्सबीच म्याच पनि अब १२ नोभेम्बरमा हुनेछ। बेंगलुरुमा हुने यो म्याच ग्रुप चरणको अन्तिम म्याच पनि हुनेछ। १२ नोभेम्बरकै दिन तिहार पनि रहेको छ। वर्ल्ड कप २०२३-को शुरुवात ५ अक्टोबरमा हुनेछ। पहिलो म्याच ईंग्ल्याण्ड र न्यूजील्याण्डबीच अहमदाबादमा हुनेछ। दुईवटा सेमिफाइनल १५ र १६ नोभेम्बरमा हुनेछ। यसरी फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement