विधायक शर्माको निरीक्षण भ्रमण

IMG_20220705_202712.jpg

पाकिम: नाम्चेबुङ समष्टिका विधायक एम प्रसाद शर्माले हिजो अंधेरीमा लाल टर्निङमा, भारी वर्षाले सम्पर्क बाधित बनेको सड़कको निरीक्षण भ्रमण गरेका छन्। भ्रमण अवधि सडक एवं पुल विभागका सचिव, सिंचाई विभागका सचिव, अभियन्ताहरू, जिल्लापाल, एसडीएम, पञ्चायतगण आदि पनि उपस्थित थिए।

विधायक शर्माले सम्बन्धित विभागलाई तत्काल पुनर्स्थापना कार्यहरू शुरू गर्ने निर्देश दिॅंदै पैह्रो संवेदनशील ठाउँमा स्थायी समाधान खोज्न लगाए। जिल्लापाल र पाकिमका एसडीएमले सडक एवं पुल विभागका अधिकारीहरूसॅंग पाकिम र सुमिनलाई जोड्ने एउटा नयॉं प्रस्तावित सडकको भ्रमण गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement