आक्रमणलाई पराजित गर्दै सिङलिफ एफसी सेमीपाइनमा प्रवेश

IMG-20230809-WA0387.jpg

गान्तोक: च्याखुङ स्कूलको खेलमैदानमा आयोजना भइरहेको जिल्ला स्तरीय ७७औं खुल्ला फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल म्याचमा सिङलिङ स्पोर्टिङ क्लबले आक्रमण फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोलको अन्तरले परास्त गरि सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयसम्म खेल गोलरहित टुंगिए पछि ट्राइब्रेकरको सहायताद्घारा म्याचको फैसला भएको हो। टाइब्रेकरमा सिङलिङ स्पोर्टिङ क्लबका गोलरक्षक निगम सिंहले प्रतिद्वन्द्वी आक्रमणको दुईवटा किक बचाउ गरेपछि आफ्नो टिमलाई सेमिफाइनलमा पुर्‍याउन सक्षम बनेको हो। गोलरक्षक निगम सिंहलाई पहिलो क्वाटरफाइनलको उत्कृष्ट खेलाडीको रूपमा पनि पुरस्कृत गरियो। सिङलिङ स्पोर्टिङ क्लबले आउँदो १३ अगस्टको दिन सेमिफाइनलमा दार्जिलिङ पुलिस र माझीटार स्टारबिच खेलिने बिजेता दलसँग खेल्नेछन्।

यहाँ आयोजित जिल्ला स्तरीय ७७औं स्वतन्त्रता दिवस कार्यक्रममा सडक एवं पुल विभागका प्रमुख अभियन्ता हरि शंकर शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement