सरकारले कृषकहरूको निम्ति धेरै कल्याणकारी योजना शुरू गरेको छः मन्त्री नेपाल

IMG-20230809-WA0386.jpg

गान्तोक: कृषि मन्त्री लोकनाथ नेपालले च्याखुङ स्कुलमा विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले खेतीपाती गर्न छोडौं भने भविष्यको स्थिति गम्भीर हुने बताउँदै उनले विद्यार्थीहरुलाई खेतीपातीको क्षेत्रमा अभिरुचि राख्नुपर्ने आह्वान गरेका छन्।

संसारमा अन्न विना कोही पनि बाँच्न सक्तैन। हामीले जमीनहरु बाँझो राख्नु हुँदैन। कृषकहरुलाई के सहयोग गर्नुपर्छ सरकार तयार छ। सरकारले कृषकहरुको निम्ति धेरै कल्याणकारी योजनाहरु थालेको छ। त्यहाँबाट जनताले फाइदा उठाउनुपर्छ। भोलिको सिक्किमलाई निर्देशन गर्ने र चलाउने विद्यार्थीहरु हुन्। यसैले भोलिको सिक्किमलाई नेतृत्व गर्ने विद्यार्थीहरुलाई तयार पार्नुपर्ने कर्तव्य सरकारको हो। स्कूल एउटा प्रशिक्षण केन्द्र भएकोले हामी ज्यादा विद्यार्थीहरुलाई खेतीपातीमाथि जागरुक गराउन चाहान्छौं। हामीमा गरिखाने एउटा इलिम चै हुनुपर्छ। पढेका सबै विद्यार्थीहरुले भोलि नोकरी पाउन सक्तैनन् तर पढेपछि सबैजना उद्यमी बन्नसक्छन् भन्दै एउटा घरमा कमसेकम एकजना उद्यमी बन्नुपर्ने एसकेएम सरकारको नीती नै मन्त्री नेपाल बताए। मन्त्री नेपाल च्याखुङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा कृषि, बागवानी, पशुपालन, पशु चिकित्सक सेवा र मत्स्य पालन विभागले संयुक्त रूपमा आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै थिए। कार्यक्रममा विभागको विभिन्न कल्याणकारी योजना अन्तर्गत सोरेङ जिल्लाका मोठ ५४ जना लाभार्थीहरुलाई मन्त्री लोकनाथ नेपालको हातबाट पोली पाइप, टेलर मशिन, हल्दी पेल्ने मेसिन, सिनटेक्स, ट्याङ्की, प्रोत्साहन राशि, ग्रीन हाउस र टोकन वितरण गरियो।

मन्त्री नेपालले च्याखुङ स्कूलमा आफ्नो विभागको कार्यक्रममा उपस्थिति जनाएपछि स्कूलको खेलमैदानमा सम्पन्न भइरहेको जिल्ला स्तरीय ७७ औं स्वतन्त्रता दिवसको कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement