भारतीय नौसेनाका दुई युद्धपोत ११ अगस्तसम्म दुबईको रशिद बन्दरगाहको भ्रमणमा

in-logo4.jpg

नयाँ दिल्ली: भारतीय नौसेनाका फ्रण्टलाइन युद्धपोत आईएनएस विशाखापत्तनम र आईएनएस त्रिकण्डले अहिलेघरि दुबईमा रशिद बन्दरगाहको भ्रमण गरिरहेको छ। पश्चिमी बेड़ाका फ्ल्याग अफिसर कमाण्डिङ्ग रियर एडमिरल विनीत म्याक्कार्टीको कमान अन्तर्गत दुवै जहाजले आगामी ११ अगस्तसम्म भ्रमण गर्नेछन्। भ्रमणावधि यूएई नौसेनासित द्विपक्षीय अभ्यास ‘ज़ायद तलवार’ निर्धारित गरिएको छ। नौसेनाका कमाणअडर विवेक मधवाल अनुसार आईएनएस विशाखापत्तनम औ आईएनएस त्रिकण्डको कमान क्रमशः क्याप्टन अशोक राव औ क्याप्टन प्रमोद जी थोमसले सम्हालिरहेका छन्। यस यात्रा अवधि समुद्री पोत संचालनका विभिन्न मुद्दाहरूमाथि यूएई नौसेनासित पेशावर वार्तालाप गरिनेछ। दुवै नौसेनाहरूबीच सहयोग बढ़ाउने तथा सम्बन्धलाई बलियो बनाउने उद्देश्यले सर्वोत्तम कार्य प्रणालीहरूलाई साझा पनि गरिनेछ। उनले बताए, दुई नौसेनाहरूबीच अन्तर-संचालन औ तालमेल बढ़ाउऩको लागि यूएई नौसेनासित दुईपक्षीय अभ्यास ‘ज़ायद तलवार’ पनि निर्धारित छ। वर्तमान यात्राले दुवै नौसेनाहरूबीच समुद्री साझेदारीलाई बढ़ाउनको साथै यस क्षेत्रका सुरक्षा चुनौतीहरूको ज्ञानलाई वृद्धि गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement