गोरुबथान: माल बस्ती डायमण्ड क्लबको तत्वावधानमा स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको चौथो क्वाटर फाइनल आज सत्यज्योति संघ बुडीखोला बनाम जलपाईगुडी पुलिसमाझ समपन्न भयो। आजको रोमान्चक खेलमा सत्यज्योति संघ बुडीखोलाले १ गोल जलपाईगुडी पुलिस दलको विरुद्ध दागेर सेमिफाइनलमा प्रवेश गरेको छ।आजको खेलको निर्णायकहरुमा अशोक रोय ,अलप राई र राजेश थापा थिए। चौथो निर्णायकमा उमेश शर्मा थिए।पहिलो सेमीफाइनल आगमी ११ अगस्तको दिन एस टी ब्रदर्स रांगामाटी बनाम रिनो एफ सीमाझ समपन्न हुने जानकारी क्लबको पक्षबाट कुन्दन प्रधानले दिएका छन्।