होउलर्स एससी र पेण्डाम एफए सेमिफाइनलमा

IMG-20230809-WA0379.jpg

९ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा होउलर्स एससी, सिंगताम र पेण्डाम फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। मल्ली खेल मैदानमा बुधवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा होउलर्स एससी-ले सिनाल्चु नाम्चीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका सन्दीप आलेलाई प्लेयर अव् द म्याच चयन गरियो,जसले टीमको निम्ति म्याचमा पहिलो गोल गरेका थिए। यसरी तेस्रो क्वार्टर फाइनल म्याचमा पेण्डाम फूटबल एकाडमीले सिंगलिंग स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमका गोलकीपर समोता रोयलाई प्लेयर अव् द म्याच चयन गरियो,जसले टीमको निम्ति म्याचमा एकाधिक दर्शनीय शेभ गरे। यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजन समितिले खेलको ग्रास रुट लेवलबाट विकास गर्ने लक्ष्य लिएर अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको पनि आयोजन गरेको आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement