सन्त मेरिज-३ ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन

IMG-20230809-WA0366.jpg

पञ्चायत प्रधानमा मणिराज डुम्जन र उप प्रधानमा सन्तोष तामाङ चयन

खरसाङ: खरसाङ खण्ड अन्तगर्त सन्त मेरिज ३ ग्राम पञ्चायतमा भागोप्रमोले बोड गठन गरेको छ। मोठ १५ वटा पञ्चयात सदस्यहरुमा ८ वटामा जीत हाँसिल गरी अगावै भागोप्रमोले बोर्ड निर्माण गरिसकेको थियो भने दुईजना स्वतन्त्र पञ्चायत सदस्यहरूले पनि भागोप्रमोलाई समर्थन गरेपछि सन्त मेरिज ३ ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बिजयी सदस्यहरू संख्या १० पुगेको छ।
आज बिहान ११ बजेदेखि पञ्चायत कार्यलयमा बोर्ड गठनको प्रकिया शुरू भएको थियो। सन्त मेरिज – ३ को पञ्चायत प्रधानको पदमा मणिराज डुम्जनलाई चयन गरियो भने उप-प्रधानको पदमा सन्तोष तामाङलाई चयन गरियो। प्रधानको पदमा चयन भएपछि प्रथमपल्ट पत्रकारहरूलाई सम्बोधन गर्दै मणिराज डुम्जनले जनताले बिपुल मतले जिताएवापत आफु प्रधान बनिएको र जनताको सेवा गर्न नै उनको प्राथमिकता रहेको जनाए। सन्त मेरिज ३ ग्राम पञ्चायत अन्तगर्त रहेको क्षेत्रभरि नै जनताको सेवा गर्न साथै क्षेत्रको विकास गर्न आफु प्रतिबद्ध रहेको पनि उनले जनाए साथै उनले जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वको कारणले पहाडमा लगभग २३ वर्ष बादमा पञ्चायत व्यवस्था शुरू भएकोमा जीटीए प्रमुखलाई धन्यवाद दिएका छन्। उप-प्रधान सन्तोष तामाङ्गले सन्त मेरिज ३ ग्राम पञ्चायत अन्तगर्त दुईवटा चियाबारी, बस्ती, बजार क्षेत्र रहेको कारण भिन्न भिन्न क्षेत्रको समस्या पनि भिन्न रहेको जनाए। उनले क्षेत्रको विकास गर्न कसैलाई पनि पक्षपात नगरिने साथै सबै ग्राम पञ्चायत सदस्यहरूको आपसी सर-सल्लाह बमोजिम नै आज गरिएको बोर्डले कार्य गर्ने पनि जनाए। आज उसो उनले जनता ढुक्कसंग बस्ने र उनीहरूको समस्याहरूको डोको आफूले आफ्नो पिँठ्यूमा बोकेको पनि जनाए। आज सन्त मैरिज ३ ग्राम पञ्चायत बोर्ड गठनको प्रकियामा पञ्चायत कार्यालय परिसरमा मनोनित सभासद प्रणाम रसाईली, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान, संगठनिक सचिव कुनाल छेत्री, सुबास छत्री, समष्टि सदस्य कल्याण लामा, कबीर लामा, आशिस लामा, प्रचार प्रसार सचिव जिनोद परियार साथै पार्टी कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement