९ अगस्तः टीम इण्डियाका दिग्गज ब्याटर पृथ्वी साव अहिले ईंग्ल्याण्डमा काउण्टी क्रिकेट खेलिरहेका छन्। यसबीच नर्थम्प्टनशायरको तर्फबाट खेल्दै उनले अंग्रेजहरूलाई बाजबल-को असल अर्थ सम्झाउँदै केवल ४१ ओभरमा दोहोरो शतक ठोके। पृथ्वीले ईंग्ल्याण्ड डोमेस्टिक वनडे कप २०२३-को म्याचमा समरसेट विरुद्ध दोहोरो शतक बनाए। उनले १२९ बलमा २४ वटा चौका र ८ वटा छक्काको साथ आफ्नो दोहोरो शतक पूरा गरे। पृथ्वी सावको निम्ति यो शतक खास रहनेछ कारण केही विवादहरूले गर्दा उनको प्रदर्शनमा निक्कै ह्रास आएको थियो। आईपीएल २०२२-मा असाधारण प्रदर्शन गर्ने पृथ्वीले यस सीजनमा निराशाजनक प्रदर्शन गरेका थिए। यसको साथमा मैदान बाहिर पनि उनी विवादमा फसेका थिए, जसमा उनले क्लीन चीट पनि पाए। टुर्नामेण्टको पहिलो दुईवटा म्याचमा पृथ्वीको प्रदर्शन केही खास रहेको थिएन तर तेस्रो म्याचमा दोहोरो शतकको साथ उनले आफ्नो श्रेष्ठता साबित गरे। लिस्ट ए क्रिकेटमा यो उनको दोस्रो दोहोरो शतक हो। यसअघि उनले विजय हजारे ट्रफीमा पुडुचेरी विरुद्ध १५२ बलमा २२७ रन बनाएका थिए।