इण्डिपेण्डेन्स शील्डः केएफसी-लाई पराजित गरी नेपाल पुलिस क्वार्टर फाइनलमा

IMG-20230809-WA0352.jpg

९ अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा बुधवार स्थानीय मेला ग्राउण्डमा अन्तिम प्री-क्वार्टर फाइनल खेलियो। आजको म्याचमा नेपाल पुलिसले कञ्चनजंघा फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सायन याखाले छैटौं र प्रीतकिवि सी-ले २०औं मिनटमा गोल गरे। यसरी केएफसी-बाट सुदिप श्रेष्ठले ४४औं मिनटमा गोल गरे।

यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement