खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति अध्यक्ष अनित थापाको निर्देशानुसार टुङ-सन्तमेरिज समष्टि अन्तर्गत रहेका सन्तमेरिज एक ग्राम पञ्चायत अनि सन्तमेरिज दुई ग्राम पञ्चायतका प्रधान अनि उप-प्रधानहरु चयन गरिएको छ। आज सिपाहीधुरा मोटेलमा उक्त विषय लिएर बसेको सभामा भागोप्रमो केन्द्रीय समिति सदस्य समीर दीप ब्लोन प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने टुङ-सन्तमेरिज समष्टिका सभापति नुरी शेर्पा सभाध्यक्षको रुपमा उपस्थित थिए। सभामा सर्व सहमतिको साथमा सन्तमेरिज एक ग्राम पञ्चायतको प्रधानको लागि रोशन हाङ सुब्बा, उप-प्रधानको रूपमा कनिषा तामाङ चयन भएका छन्। त्यसरी नै सन्तमेरिज दुई ग्राम पञ्चायतको लागि
प्रधान सहदेव तामाङ र उप-प्रधानको लागि प्रशंसा लेप्चा चयन भएका छन्। सभामा खरसाङ खण्ड पञ्चायत समिति अध्यक्षा अनु प्रधान, उपाध्यक्ष नारायण थापा, जोनल सभापति वसन्त कुलुङ राई, समष्टि युवा सभापति उर्गेन घिसिङ, अनिल शर्मा, सन्तमेरिज एक ग्राम पञ्चायतबाट १० जना भागोप्रमो सदस्यहरु साथै ३ जना पञ्चायत समिति सदस्यगण, सन्तमेरिज २ ग्राम पञ्चायतबाट ५ जना सदस्यण साथै १ जना पञ्चायत समिति सदस्य लगायत समष्टिका भागोप्रमो सदस्यहरुको उपस्थिति रहेको थियो। भागोप्रमो टुङ-सन्तमेरिज समष्टि युवा सचिव दिपेश तामङद्वारा सञ्चालन गरिएको सभामा अनु प्रधान, नारायण थापा, समीर दीप ब्लोन एवं सभाध्यक्ष नुरी शेर्पाद्वारा सभालाई सम्बोधन गरियो।