घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा बोर्ड गठन र शपथ ग्रहण

IMG-20230809-WA0357.jpg

भगवती प्रधान पञ्चायत प्रधान र रञ्जित थापा उप प्रधान चयन

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारा ग्राम पञ्चायत दुई तीनधारेमा बोर्ड गठन शपथ ग्रहण समारोह सम्पन्न भएको छ। उक्त शपथ ग्रहण समारोहमा खरसाङ खण्ड विकास कार्यालयबाट पदाधिकारीहरू आएर घैयाबारी ग्राम पञ्चायतको नव निर्वाचित ९ जना पञ्चायत सदस्य सदस्याहरूलाई शपथ ग्रहण गराएका छन्। यस अवसरमा घैयाबारी ग्राम पञ्चायतमा पञ्चायत प्रधानको रूपमा भगवती प्रधानले शपथ ग्रहण गरेका छन् भने उप प्रधानको रूपमा रञ्जित थापाले शपथ ग्रहण गरेका छन्।

त्यसरी भागोप्रमोको पुष्पकुमारी प्रधान र दिपेन्द्र तामाङले पनि शपथ लिएका थिए। त्यसरी नै चारजना भारतीय जनता पार्टीको निर्वाचित पञ्चायत सदस्यहरू क्रमैले अजय विश्वकर्म, योगराज प्रधान, बिनीता गजमेर र सुष्मिता गजमेरले पनि शपथ ग्रहण गरेका थिए। ९ जना ग्राम पञ्चायत सदस्यहरू रहेको घैयाबारी ग्राम पञ्चायत सिटहरूमा दुईजना स्वतन्त्र प्रार्थीहरू भागोप्रमोमा सामेल भएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गर्ने निश्चित भएको छ। घैयाबारी ग्राम पञ्चायतमा जम्मा ९ वटा पञ्चायत सिट थियो जसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ३ वटा सिट, भारतीय जनता पार्टीले ४ र दुईजना स्वतन्त्र प्रार्थीहरूले पञ्चायत चुनाव जितेका थिए। दुईजना स्वतन्त्र प्रार्थीहरू क्रमैले रञ्जित थापा र दावा दोर्जेले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन गरेपछि भागोप्रमोको पञ्चायत सदस्य ५ पुगेको छ भने अब घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा पनि भागोप्रमोले बोर्ड गठन गर्ने भएको छ।

तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको अगुवाईमा बुधबार नै दुईजना स्वतन्त्र प्रार्थीहरू क्रमैले दावा दोर्जे र रञ्जित थापाले भिन्टेल भिलेजमा गएर पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरेका थिए। यसावधि भागोप्रमोको पाँचजना पञ्चायत सदस्यहरू क्रमैले भगवती प्रधान, पुष्पकुमारी प्रधान, दिपेन्द्र तामाङ, दावा दोर्जे लामा र रञ्जित थापा उपस्थित थिए। यसावधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेको लागि पञ्चायत प्रधानको रूपमा भगवती प्रधान र उप प्रधानको रूपमा रञ्जित थापाको नामको घोषणा गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement