शिवखोला ग्राम पञ्चायतमा भागोप्रमोको बोर्ड गठन र शपथ ग्रहण सम्पन्न

IMG-20230809-WA0354.jpg

मोहनकुमार प्रधान र अम्बिका देवान उप प्रधान

खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत शिवखोला ग्राम पञ्चायतमा आज आधिकारिक रूपमा बोर्ड गठनको कार्य सम्पन्न भएको छ। शिवखेला ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमतको साथमा बोर्ड गठन गरेको छ। शिवखोला ग्राम पञ्चायतमा जम्मा छ सिटहरू छन् भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ४ जना भएका छन् अनि भाोप्रमोले बहुमतको साथमा पञ्चायतको बोर्ड गठन गरेको छ। शिवखोला ग्राम पञ्चायतमा आज औपचारिक रूपमा बोर्ड गठनको कार्य सम्पन्न भएको छ।

शिवखोला ग्राम पञ्चायतको लागि प्रधानक रूपमा मोहनकुमार प्रधान अनि उप प्रधानको लागि अम्बिका देवान चयन भएका छन्। दुवैलाई खरसाङ खण्ड विकास अधिकारीबाट आएका अधिकारीहरूले शपथ ग्रहण गराएका थिए। पञ्चायत प्रधान र उप प्रधानबाहेक पनि शिवखोला ग्राम पञ्चायतको लागि निर्वाचित पञ्चायत सकस्याहरू क्रमैले मनिका लामा र सिर्जना छेत्रीलाई पनि शपथ ग्रहण गराइएको थियो। शपथ ग्रहण समारोहमा खरसाङ खण्ड विकास कार्यालयबाट पीडीओ मिलन प्रधान र एलडीसी कल्पना लामाले शपथ ग्रहण गराएका थिए।

यस अवसरमा शिवखोला ग्राम पञ्चायतको दुईजना स्वतन्त्र निर्वाचित पञ्चायत सदस्यहरू बिक्की तामाङ र उपेन्द्र राईले पनि शपथ ग्रहण गरेका थिए। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षमा तीनधारे महानदी समष्टीको सभापति राजीव थापा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement