डुंगा दुर्घटना हुँदा इटलीमा ४१ अप्रवासीको मृत्यु

00-1-Boat-Rep-PIx-copy

इटलीको लाम्पेडुसा टापुमा डुंगा पल्टिँदा ४१ अप्रवासीको मृत्यु भएको छ। दुर्घटनामा बाँचेका चारजनाले स्थानीय सञ्चारमाध्यमलाई आफ्नो पीडा सुनाएका हुन्। दुर्घटनाबाट जोगिएका आप्रवासीहरूले उद्धारकर्तालाई आफूहरू ट्युनिसियाबाट डुङ्गा चढेर इटाली गएको बताए। यी चार आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् र बुधबार लाम्पेडुसा पुगेका थिए। यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा १ हजार ८ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। लाम्पेडुसाबाट १३० किलोमिटर टाढा रहेको ट्युनिसियाको स्फ्याक्स बन्दरगाह शहर अवैध अप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट पोइन्ट भएको ट्युनिसियाका अधिकारीहरूले बताए। यसैबीच, पछिल्ला दिनहरूमा इटालियन निगरानी डुङ्गा र सामाजिक संस्थाहरूले लाम्पेडुसा पुगेका दुई हजार मानिसको ज्यान बचाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement