पदम गुरूङको संदिग्ध मृत्युको जॉंच सीबीआईद्वारा गराउनु पर्ने प्रदेश भाजपाको माग

IMG-20230810-WA0006.jpg

गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमले स्वर्गीय पदम गुरूङको संदिग्ध मृत्युको जॉंच सीबीआईद्वारा गराउनु पर्ने माग उठाएको छ। यस सन्दर्भमा आज प्रदेश भाजपाको एक प्रतिनिधि टोलीले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा भेट गरेर ज्ञापन बुझाएको छ। राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा प्रदेश भाजपा प्रवक्ता डा. कमल अधिकारीले नाम्चीमा पदम गुरूङको संदिग्ध मृत्यु भएको ४० दिनभन्दा धेरै समय बितिसकेको, तर यतिका दिनसम्म पनि कुनै निष्कर्षमा पुग्न नसकेको बताए। यस कारण प्रदेश भाजपाले राज्यपालसॅंग हस्तक्षेपको निम्ति अनुरोध गर्दै यस मामिलाको सीबीआईद्वारा जॉंच गराउनु पर्ने माग राखेको उनले जानकारी गराए।

उनले नाम्ची स्मार्ट सिटी परियोजना अन्तर्गत पर्दछ र यस परियोजना अन्तर्गत शहरहरूमा सीसीटीभी जडान गर्नुपर्ने प्रावधान रहेको दाबी गरे। शहरहरूमा सीसीटीभी जडान गर्नुको उद्देश्य जनसाधारणको सुरक्षा सुनिश्चित गर्नु रहेको बताउॅंदै यदि नाम्ची शहरमा सीसीटीभी जडान गरिएको छैन भन्ने त्यहॉं भ्रष्टाचार भएको छ भन्ने बुझिन्छ भनी उनले बताए। यदि सीसीटीभी जडान छ भने त्यसमा स्व. पदम गुरूङको मृत्यु सम्बन्धित फुटेजहरू उपलब्ध हुनुपर्छ भन्ने उनले आसय व्यक्त गरे।

यसैगरी, उनले केही दिनअघि नाम्चीमा स्व. पदम गुरूङको न्यायको पक्षमा निकालिएको शान्ति ऱ्यालीमा भएको लाठीचार्ज र अश्रुग्यास प्रहारको सम्बन्धमा पनि राज्यपालको ध्यान आकर्षित गराएको बताए। उनले त्यस दिन लाठीचार्ज गर्नुपर्ने अथवा अश्रुग्यास प्रयोग गर्नुपर्ने स्थिति उत्पन्न भएको थिएन भन्दै के वर्तमान सरकारले डर र भयको आधारमा राज्य चलाउन चाहन्छ भनी प्रश्न गरे। उनले सिक्किमको कानून-व्यवस्था भत्ताबुङ्ग भएको आरोप लगाउॅंदै प्रदेश भाजपाले राज्यपाललाई ज्ञापन बुझाएर हस्तक्षेपको माग गरेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement