सेवोकको इभिक्सन सम्बन्धित जनसुनवाईलाई अहिलेका लागि रोक लगाइएको विधायक बीपी बजगाईको भनाई

IMG-20220705-WA0167.jpg

खरसाङ: सेवोकको सम्बन्धित जनसुनवाईलाई अहिलेका लागि रोक लगाइएको जानकारी खरसाङका विधायक बीपी बजगाईले बताएका छन्। १०० वर्षभन्दा पुरानो सेवोक बस्ती लगायत त्यहाँको पुरानो नेपाली प्राथमिक पाठशालालाई उच्छेद गर्ने रेलवे विभागको योजना छ अनि यस सम्बन्धमा जनसुनवाई आगामी १८ जुलाई २०२२ तोकिएको थियो। यसको निम्ति सेवोक बजारका ४१ घरधुरीलाई खाली गर्ने सूचना समेत रेलवेद्वारा जारी भईसकेको छ। यस सन्दर्भमा खरसाङका विधायक बीपी बजगाईले यसै क्षेत्र नजिकका अनि यहाँको समस्यालाई धेरै समयदेखि अवलोकन गरिरहेका क्रामाकपा नेता अरूण घतानीलाई लिएर आगामी ८ जुलाई २०२२ को दिन गुवाहाटीको मालीगाउँस्थित जेनेरल म्यानेजरको कार्यालयमा गएर समस्याको निदान खोज्ने तय गरेको बताएका छन्। तर ९ जुलाई २०२२ को दिन कोलकातामा एनडीएको राष्ट्रपति प्रार्थी द्रौपदी मुर्मु आउने भएकोले अनि उनले बंगालका समस्त लेजिस्लेचरहरूलाई भेट्ने कार्यक्रम भएकोले आफ्नो गुवाहाटी यात्रा स्थगित गर्नुपरेको बताएका छन्। यद्यपि, उनले यो कुरा बङ्गाल विधानसभाका लिडर अफ् अपोजिसन तथा भाजपा विधायक दलका नेता शुभेन्दु अधिकारीलाई बताउँदा उनले तत्कालै मालीगाउँस्थित पूर्वोत्तर रेलवेका जेनेरल म्यानेजरलाई फोन गरेर एविक्सिन(eviction) सम्बन्धित जनसुनवाईलाई अहिलेका लागि रोक लगाएका छन् अनि यस विषयमा आगामी दिनमा जेनेरल म्यानेजरले आफुसँग कुरा गरेर समस्याको निदान गरिदिने आग्रह गरेका छन्। उनले अघि भने- ‘म यस तात्कालिक सहयोगको निम्ति हाम्रा विधायक दलका नेता शुभेन्दु अधिकारीलाई हार्दिकता सहित धन्यवाद टक्राउँदछु भनी बताएका छन्। राष्ट्रपति चुनाउपछि छिट्टै नै कुनै पनि दिन यसको समाधानको निम्ति म अनि अरूण घतानी गुवाहाटी जाने भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement