डुवर्सको राजाभातखावामा विश्व आदिवासी दिवस पालन

fc9da8de-f3c2-4c89-9544-92e83114c660

कालचिनीः बुधबार विश्व आदिवासी दिवसको उपलक्ष्यमा डुवर्सको विभिन्न ठाउँहरूमा विभिन्न कार्यक्रमहरू सम्पन्न भईरहेको क्रममा डुवर्सको अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अन्तर्गत राजाभातखावामा अखिल भारतीय आदिवासी सादान महासभा औ अखिल भारतीय आदिवासी साहित्य विकास समितिको आयोजनामा विश्व आदिवासी दिवस पालन गरियो। आयोजक संगठनका राष्ट्रिय अध्यक्ष हरि कुजूरको करकमलबाट राष्ट्रिय झण्डा र संगठनको पताका उत्तोलन गरेपछि मञ्चामा विभिन्न जनजाति प्रतिनिधि अतिथिहरूलाई आदिवासी परम्परा मुताबिक स्वागत तथा सम्वर्द्धना जनाईएको थियो। कार्यक्रमको सञ्चालक अखिल भारतीय आदिवासी सादान महासभाका उपदेष्टा डा. कमल कुजूरले गरेको थियो।
कार्यक्रमको औचित्य र दाबी अड़ान लिएर महासभाका राष्ट्रिय अध्यक्ष हरि कुजूरले यो लगाई ३ बर्षदेखि विश्व आदिवासी दिवसको उपलक्ष्यमा राजाभातखावामा अखिल भारतीय आदिवासी सादान महासभा औ अखिल भारतीय सादरी भाषा साहित्य विकास समितिको आयोजनामा कार्यक्रम गर्दै आईरहेको र प्रत्येक बर्ष नै सबै समुदाय र जनजातिका प्रतिनिधिहरूलाई अतिथिको रुपमा निम्त्याउँदै आईरहेको र यसपाली उपस्थित अतिथिहरूलाई संगठनको पक्षबाट सम्वर्द्धना पत्र पनि प्रदान गरिएको बताउँदै मूलतः विश्व आदिवासी दिवसलाई साक्षी राखेर सरकारसित सादरी भाषा मान्यताको दाबी पनि गर्दै आईरहेको र आदिवासीहरूको लिङ्क भाषा सादरी भाषाको साहित्यको जगेरा गर्नलाई यो भाषाले सरकारी मान्यता पाउनु पर्ने र संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्ति पाउनु पर्ने दाबी रहेको जनाएका छन्। आज यसै उपलक्ष्यमा राजाभातखावामा एउटा ऱ्यालीको पनि आयोजना गरीएको थियो भने सोही ऱ्यालीमा नै मणिपुरमा शान्ति बहाल गरिनु पर्ने दाबी जुलुस पनि गरिएको थियो।अर्कोतिर बुधबार मधु चियाबारीको खेल मैदानमा पनि सरकारी तहबाट विश्व आदिवासी दिवस पालन गरिएको थियो भने कालचिनी र संलग्न कतिपय चियाबारी गाउँहरूमा पनि विश्व आदिवासी दिवस पालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement