९ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार एउटा प्री-क्वार्टर फाइनल म्याच रहेको थियो। सेण्ट जेभियर्स स्कूल मैदान, पाक्योंगमा आज भएको म्याचमा कलकत्ता-को मुनाल फूटबल क्लबले 27 गान्तोकलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल शेकर राईले छिराए। मुनाल एफसी-का मानव मल्लिकलाई प्लेयर अव् द म्याच चयन गरियो । यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ।

यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।