गान्तोकः सिक्किमको पर्यटन तथा नागरिक उड्डयन विभाग र भारत सरकारको पर्यटन मन्त्रालयसँगको सहकार्यमा पाकिम जिल्लास्थित सामुदायिक भवनमा पर्यटक ट्याक्सी चालकहरूलाई शिष्टाचार र ग्रूमिङ- माथि एक दिवसीय कार्यशाला आयोजना गरियो। यस कार्यशालाको प्रमुख लक्ष्य र उद्देश्य “अतिथि देवो भव“ को सिद्धान्त अनुरुप पर्यटकहरूको अनुभव अभिवृद्धि गर्नु र संयुक्त राष्ट्र विश्व पर्यटन संगठनको “विश्व पर्यटन दिवस २०२३“ को विषयवस्तुमा योगदान पुऱ्याउनु रहेको थियो।
शिक्षालाई प्राथमिकता दिॅंदै पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरूको सीपलाई बढावा दिएर, कार्यशालाहरूले सिक्किम भ्रमण गर्ने पर्यटकहरूको लागि सकारात्मक र समृद्ध अनुभव सिर्जना गर्न यस प्रकारको कार्यक्रम राज्यको सबै जिल्लामा आयोजना भइरहेको छ। यस कार्यशालामा रिनाक, रङ्गेली, रोडाथाङ र पाकिमका ट्याक्सी चालकहरूले सहभागिता जनाएका थिए।