खामदोङमा ७७औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट शुरू

si-4

गान्तोकः सोनामति स्मृति उच्च माध्यमिक पाठशाला, खामदोङको खेल मैदानमा सम्पन्न भइरहेको ७७औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको आजको पहिलो म्याच माउन्टेन एफसी अनि नाम्गेथाङ ब्वाइबिच भीड़न्त भयो। यस रोमाञ्चक म्याचमा १ को विरुद्ध 3 गोल लगाएर माउन्टेन एफसी विजयी बन्यो।

यस म्याचका म्यान अफ दी म्याच विजयी दल माउन्टेन एफसीका खेलाड़ी जर्सी नंबर १२ रमेशलाई घोषित गरियो। उनलाई मुख्य अतिथिको रूपमा उपस्थित खाद्य एवं नागरिक आपूर्ति विभाग, सिङ्तामका सहायक निर्देशक श्याम कुमार राईको बाहुलीबाट पुरस्कार प्रदान गरियो। यस अवसरमा स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेर खेल प्रेमीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement