मल्ली चेक पोस्टमा प्रतिबन्धित नशालु पदार्थसहित एक पक्राउ

IMG-20230810-WA0000.jpg

गान्तोकः मल्ली चेक पोस्टमा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने उक्त व्यक्तिको नाम मनोज तामाङ बताइएको छ। पुलिस अनुसार, मंगलवार पश्चिम बंगालतिरबाट आइरहेको एउटा वाहनलाई मल्ली चेक पोस्टमा रोकेर छानबिन गर्दा प्रतिबन्धित नशालु पदार्थ भेटियो। उक्त वाहनबाट एक बोतल कफ सिरप र निलो रङ्गको क्याप्सुल भएको २३ फाइल जफत गरिएको छ।

पुलिसले अरोपित व्यक्ति विरूद्ध मामिला दर्ता गरि कानूनी कारबाही शुरू गरेको छ।

About Author

Advertisement